Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

लिजेन्ड एल क्सासिकोः बार्सिलोना माथि रियलको रोमान्चक जित

लिजेन्ड एल क्सासिकोः बार्सिलोना माथि रियलको रोमान्चक जित

  • श्रावण ६, २०७८ बुधवार ०८:२८ बजे
  • 63
    SHARES
  • लिजेन्ड एल क्सासिकोः बार्सिलोना माथि रियलको रोमान्चक जित

    एजेन्सी – लिजेन्ड एल क्सासिकोमा बार्सिलोना माथि रियल मड्रिडले रोमान्चक जित निकालेको छ। इजरायलस्थित ब्लुमफिल्ड स्टेडियममा मंगलबार राति भएको खेलमा रियल जित निकालेको हो। 

    एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै रियलले ३–२ को रोमाञ्चक जित निकालेको हो।  रियलको जितमा पेड्रो मुनिटिस, अलफन्सो पेरेज र रुबेन डे ला रेडले गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डिन्हो र जोफ्रे माटिउले गोल गरे ।


    खेलको २८औं मिनेटमा रोनाल्डिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्त्यतिर पेड्रो मुनिटिस र अलफन्सो पेरेजले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि रियलले खेलमा २–१ को अग्रता लिएको थियो ।

    त्यसपछि ६०औं मिनेटमा जोफ्री मटिउले गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ६९औं मिनेटमा रुबेन डे ला रेडले गोल गर्दै रियललाई ३–२ को रोमाञ्चक जित दिलाए । उक्त खेलमा २५ हजार बढी समर्थकलाई मैदान प्रवश गराइएको थियो । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology