Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

भारतमा फेरी बढ्यो कोरोना संक्रमण, मृतकको संख्या ३९ दिन यताकै सबैभन्दा बढी

भारतमा फेरी बढ्यो कोरोना संक्रमण, मृतकको संख्या ३९ दिन यताकै सबैभन्दा बढी

  • श्रावण ६, २०७८ बुधवार ०९:४५ बजे
  • 48
    SHARES
  • भारतमा फेरी बढ्यो कोरोना संक्रमण, मृतकको संख्या ३९ दिन यताकै सबैभन्दा बढी

    एजेन्सी- भारतमा कोरोना भाइरसको आँकडा फेरी बढेको छ। मंगलबार भारतमा  ४२ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    मंगलबार ३६ हजार ८५७ जना निको भएर घर फर्कँदा ३ हवार ९९८ जनाको संक्रमणका कारण मृत्यु भएको छ। मंगलबार कोरोनाका कारण भएको मृत्युको संख्या पछिल्लो ३९ दिनमा सबैभन्दा धेरै हो। यो भन्दा पहिला जुन ११ मा ३ हजार ९९६ जनाको मृत्यु भएको थियो। 

    यद्यपी मृतकको आँकडा बढ्नुको कारण  महाराष्ट्रले पुरानो मृत्युको तथ्यांक पोर्टलमा अपडेट गर्नु हो। महाराष्ट्रमा मंगलबार १४७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। जबकी यसअघि नै मृत्यु भएका ३ हजार ५०९ जनाको तथ्यांक अपडेट गरिएको थियो। 

    यो भन्दा पहिला  ९ जुनमा विहारमा समेत पुरानो तथ्यांक अपडेट गरिएको थियो। त्यो दिन भारतमा भएको मृत्युको तथ्यांक ६ हजार १३९ पुगेको थियो। 

    भारतमा कोरोना महामारीको तथ्यांक 

    मंगलबारको नयाँ केसः ४२, ११४

    मंगलबार निको भएकाः ३६, ८५७ 

    मंगलबार मृत्यु भएकाः ३९, ९९८

    अहिलेसम्मका कुल संक्रमितः ३.१२ करोड 

    अहिलेसम्म निको भएकाः ३.०३ करोड 

    अहिलेसम्म मृत्यु भएकाः ४.१८ लाख 

    सक्रिय संक्रमितः ४.०१ लाख

    –दैनिक भाष्कर डटकमबाट

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • # भारत

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology