Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

खुकुरी प्रहार गरी मालिकको हत्या

खुकुरी प्रहार गरी मालिकको हत्या

  • 517
    SHARES
  • खुकुरी प्रहार गरी मालिकको हत्या

    गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगपालिका-८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा-१३ का ४५ वर्षीय किसन सदा रहेका छन् । 

    images

    प्रहरीका अनुसार सदा केही समययतादेखि चौधरीको घरमा कामदारका रूपमा बस्दै आएका थिए । आज बिहानै केही कुरामा चौधरी र सदाबीच विवाद भएपछि सदाले चौधरीकै घरको खुकुरी झिकेर चौधरीको टाउकामा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

    घटना हुनासाथ स्थानीयवासीले प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेर अहिले शवको मुचुल्का सर्जमिन गर्ने कार्य सुरु गरेको छ । चौधरीको हत्यामा संलग्न खुकरी प्रहार गर्ने सदा र खुकुरी प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology