Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मालीका राष्ट्रपतिको हत्या प्रयास  

मालीका राष्ट्रपतिको हत्या प्रयास  

  • 419
    SHARES
  • मालीका राष्ट्रपतिको हत्या प्रयास  

    बमाको । मालीका अन्तरिम राष्ट्रपति असिमी गोइतलाई मङ्गलबार मस्जिदमा प्रार्थना गर्ने क्रममा आक्रमण गर्ने प्रयास भएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ । 

    images

    उनलाई दुई व्यक्तिले चक्कु प्रहार गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । आक्रमणकारी दुई व्यक्तिमध्ये एकसँग धारिलो हतियार (चक्कु) भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिम राष्ट्रपति गोइतलाई ईद उल–अधाको इस्लामिक पर्वको लागि गरिएको प्रार्थनाको क्रममा उक्त आक्रमण भएको हो ।

     उनले आफूमाथि भएको हत्या प्रयासपछि राष्ट्रिय टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्दै आफू सकुशल रहेको बताएका छन् । राष्ट्रपति कार्यालयका पदका एक अधिकारीले गोइत ‘सुरक्षित र सकुशल’ पुष्टि गरेका छन् । गोइतलाई राजधानीबाहिरको एक सैनिक शिविरमा लगिएको राष्ट्रपतिको कार्यालयले बताएको छ । उक्त स्थानमा सुरक्षा व्यवस्था थप सुदृढ गरिएको बताइएको छ । 

    धार्मिक मामिलामन्त्रि मामाडो कोनले एएफपीसँग गरेको कुराकानीमा एक व्यक्तिले ‘राष्ट्रपति’लाई चक्कु प्रहार गरी हत्या गर्न खोजेको बताए । राष्ट्रपतिका सुरक्षा गार्डले उक्त आक्रमणकारीलाई तत्कालै नियन्त्रणमा लिएका थिए भने आरोपित एक व्यक्ति घाइते अवस्थामा पक्राउ परेको बताइएको छ । 

    मालीमा उपराष्ट्रपति असिमीलाई अन्तरिम राष्ट्रपति घोषणा मालीमा उपराष्ट्रपति असिमीलाई अन्तरिम राष्ट्रपति घोषणा राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा राजिनामा दिएपछि सेनाकाे हिरासतमा रहेका मालीका राष्ट्रपति रिहा सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार  सरकार फेरबदल गरेपछि मालीमा राष्ट्रपति र प्रधानमन्त्री गिरफ्तार 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology