Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

  • 158
    SHARES
  • नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

    नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ ।

    नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मंगलबार उत्तरपश्चिमी राज्यहरू सोकोटो र जाम्फारामा रहेका विद्रोही लडाकु समूहको शिविरमा सेनाले आक्रमण गर्दा तुर्जीको सेकेन्ड–इन–कमान्ड अमिनु कानावा र अन्य आठ जना कमाण्डरहरू मारिएका थिए ।

    बुबाले कानवा र दर्जनौं अन्यको हत्यापछि तुर्जीको शिविर अस्तव्यस्त भएको बताए । बुबाले भने, ‘लडाकुहरूको मृत्यु नाइजेरियाको उत्तरपश्चिमी भागमा महत्त्वपूर्ण धक्का थियो । लडाकुहरूको यो समूहले यस क्षेत्रभरि धेरै अपहरण र आतंकवादी आक्रमणहरूको लागि जिम्मेवार थियो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij