Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

चीनमा बाढीले १२ को मृत्यु, हजारौं विस्थापित 

चीनमा बाढीले १२ को मृत्यु, हजारौं विस्थापित 

  • 572
    SHARES
  • चीनमा बाढीले १२ को मृत्यु, हजारौं विस्थापित 

    काठमाडाैं । भारी वर्षाका कारण चीनकाे मध्य क्षेत्रमा डुबानमा परेकाे छ । बाढीले रेल स्टेशन र सडक डुबाउँदा जेङ्ग्जाउ प्रान्तमा अहिलेसम्म १२ जनाको मृत्यु भएको छ भने हजारौं व्यक्ति आफ्नो घर छोडेर सुरक्षित स्थानमा सरेका छन् ।

    images

    पानी भरिएर रेल स्टेशन र सडक डुबेका छन् । हेनान प्रान्तमा मात्रै १० हजारभन्दा धेरै व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीका कारण १२ भन्दा धेरै सहर प्रभावित भएका छन् । सडकभर पानी भरिएकाले बन्द गरिएको छ भने उडानहरु पनि रद्द गर्नुपरेको छ ।

    करिब साढे ९ करोड जनसंख्या गरेको हेनान प्रान्तमा असाधारण रुपमा भएको वर्षाका कारण मौसमसम्बन्धी गम्भीर चेतावनी जारी गरिएको छ । विशेषज्ञका अनुसार भिषण बाढीको मुख्य कारण जलवायु परिवर्तन नै हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology