Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

  • 122
    SHARES
  • हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

    हेटौंडा । हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।  आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरी २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले बताए ।

    कार्यक्रममा मकवानपुरसहित झापा, काठमाडौं,दोलखा, रौतहट,भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुमपुर्वका खेलाडीहरु सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोश्रो हुनेले नगद १५ हजार तथा तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

    हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # हेटौँडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij