Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

१४ वर्षपछि बलिउडमा शिल्पा सेट्टीको कमब्याक 

१४ वर्षपछि बलिउडमा शिल्पा सेट्टीको कमब्याक 

  • 614
    SHARES
  • १४ वर्षपछि बलिउडमा शिल्पा सेट्टीको कमब्याक 

    मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्टी १४ वर्षपछि कमेडी फिल्म हंगामा-२ मार्फत ठूलो पर्दामा देखिने भएकी छिन् । यो फिल्म हटस्टारमा २३ जुलाईमा रिलिज हुँदैछ ।

    images

    शिल्पा र उनका प्रशसंकका लागि यो दिन विशेष हुनु पर्ने थियो तर शिल्पाका पति राज कुन्द्रा पोर्न र्‍याकेटको मुद्दामा पक्राउ परेपछि शिल्पाको पुरै युनिट हंगामा-२ को उत्सव मनाउने मुडमा छैनन् । राज कुन्द्रा अश्लील चलचित्र बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

    शिल्पा सेट्टीले सन् २००७ मा लाइफ इन मेट्रो र अपने फिल्म अभिनय गरेकी थिइन् । यसपछि ओम शान्ति ओम र वह दोस्ताना फिल्मको एउटा गीतमा नृत्य गरेकी थिइन् । 

    हंगामा-२ मा शिल्पाको करिअरको सुरुवाती समयको हिट गीत ‘चुराके दिल मेरा’ लाई यस रिक्रिएट गरिएको छ । फिल्ममा शिल्पासहित प्रणिता सुभाष र परेश रावल पनि छन् । यसको निर्देशक प्रियदर्शनले गरेका हुन् । प्रियदर्शन पनि सन् २०१३ मा रंगरेज पछि यो फिल्ममार्फत् बलिउडमा कमब्याक गर्दैछन् । 

    शिल्पा यस फिल्मका लागि धेरै उत्साहित थिइन् । शिल्पाले फिल्म ठूलो पर्दामा रिलिज नभएकोमा कुनै पछुतो नभएको बताएकी थिइन् । ओटिटीमार्फत् पनि धेरैले फिल्म हेर्न सक्ने भएकाले आफू खुशी नै रहेको उनको प्रतिक्रिया थियो । 

    अश्लिल फिल्म बनाएको आरोपमा  शिल्पाका पति पक्राउ  अश्लिल फिल्म बनाएको आरोपमा  शिल्पाका पति पक्राउ 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology