Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोरोनाविरुद्धको जोन्सन खोप दुई दिनमा ४४,५१० जनाले लगाए

कोरोनाविरुद्धको जोन्सन खोप दुई दिनमा ४४,५१० जनाले लगाए

  • 69
    SHARES
  • कोरोनाविरुद्धको जोन्सन खोप दुई दिनमा ४४,५१० जनाले लगाए

    काठमाडौं । काठमाडौंमा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन खोप अभियानको दोस्रो दिनसम्म ४४ हजार ५१० जनाले खोप लगाएका छन् । ५५ वटा खोप केन्द्रबाट सञ्चालन भइरहेको खोप अभियानमा मंगलबारमात्र काठमाडौंमा २३ हजार ८२६ जनाले जोन्सनको खोप लगाएका हुन् ।

    सोमबारबाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगता भएका व्यक्तिहरु, नेपालमा बसोबास गर्ने शरणार्थीहरु, जोन्सन खोप नै अनिवार्य गरेका देशमा जाने नेपाली र यसअघि छुटेका स्वाथ्यकर्मीलाई खोप दिन सुरु गरिएको हो । अमेरिकी सरकारद्वारा सहयोग स्वरुप प्राप्त भएको उक्त खोप अभियानको पहिलो दिन १९ हजार ६७१ जनाले लगाएका थिए ।

    जोन्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्छ । आज जोन्सन खोप अभियानको अन्तिम दिन हो । काठमाडौं उपत्यकामा १ लाख ४६ हजार ५२४ जनालाई जोन्सनको खोप दिने लक्ष्य राखिएको छ । जसमध्ये ३० प्रतिशत जनसंख्याले खोप पाइसकेका छन् ।

    221463930_4159211974161136_6582683432239830091_n.jpg

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology