Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

दक्षिण कोरियामा कोरोनाको चौंथो लहर 

दक्षिण कोरियामा कोरोनाको चौंथो लहर 

  • 80
    SHARES
  • दक्षिण कोरियामा कोरोनाको चौंथो लहर 

    सियोल । कोरोना भाइरस कोभिड-१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड-१९का अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएकाे बताइएको छ । यहाँका अधिकारीहरुले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका संक्रमितहरु बढिरहेको बताएका समाचारमा जनाइएको छ ।

    दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का संक्रमितहरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सियोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।

    यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७ सय ८४ जना कोभिडका संक्रमितहरु भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकैपटक यतिधेरै संख्याका संक्रमित पहिलो पटक देखिएका हुन् ।

    यहाँका अधिकारीहरुले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरु बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड संक्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाई गरेको छ ।

    योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ८२ हजार ७ सय २२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका संक्रमितहरुको संख्या बढ्दो देखिएको हो ।

    अधिकारीहरुले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ संक्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।

    यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरुले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मंगलबार देखिएका यी संक्रमितहरुमा आधाभन्दा बढी राजधानी सियाेलकै रहेका पाइएको छ ।

    कोरिया सरकारले यहाँ कोरोनाविरुद्धको खोपको अभियानलाई व्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology