Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एसइईको नतिजा प्रकाशन नहुँदै भर्ना लिन महानगरले रोक्यो

एसइईको नतिजा प्रकाशन नहुँदै भर्ना लिन महानगरले रोक्यो

  • 1.0K
    SHARES
  • एसइईको नतिजा प्रकाशन नहुँदै भर्ना लिन महानगरले रोक्यो

    चितवन । माध्यमिक तह उत्तीर्ण परीक्षा (एसइई) को नतिजा प्रकाशन नहुँदैं कक्षा ११ मा विद्यार्थी भर्ना नगर्न सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई भरतपुर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले आग्रह गरेको छ । 

    images

    महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरुले कक्षा ११ को भर्ना सुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्ना नगर्न आग्रह गरेको हो ।

    नतिजा नै प्रकाशित नभइ विद्यार्थी भर्ना गर्न नपाइने भए पनि केही विद्यालयले कक्षा ११ को भर्ना सञ्चालन गरेको भन्दै नगर शिक्षा समितिले निर्णय गरी नतिजापूर्व भर्ना लिएमा कानून बमोजिम कारवाही गरिने समेत महाशाखाले जनाएको छ । 

    नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समितिसहितको टोलीले स्थलगत अनुगमन गरी केही विद्यालयलाई स्पष्टीकरणसमेत सोधेको जनाएको छ । अनुगमनका क्रममा रजिष्ट्रेशन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको पौड्यालले जानकारी दिए ।

    विद्यार्थी अन्यत्र जान सक्ने भन्दै अधिकांश संस्थागत विद्यालयले रजिष्ट्रेसन शुल्कका नाममा थोरै रकम लिएर अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेका छन् । महानगरमा २८ सामुदायिकसहित ५० भन्दा बढी कक्षा ११ को पठनपाठन गर्ने विद्यालय रहेका छन् । पौड्यालले अनुगमनलाई निरन्तरता दिएर आदेश नमानेमा कारवाही गरिने बताए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology