Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हरिपुर्वाको विद्युत सवस्टेशन संचालनको अन्तिम तयारीमा

हरिपुर्वाको विद्युत सवस्टेशन संचालनको अन्तिम तयारीमा

  • 500
    SHARES
  • हरिपुर्वाको विद्युत सवस्टेशन संचालनको अन्तिम तयारीमा

    सर्लाही । दुुई महिनाअघि नै चार्ज गरिएको सर्लाहीको हरिपूर्वास्थित विद्युत् सवस्टेशन सञ्चालन हुन सकेको छैन ।  

    दुई महिनाअघि सवस्टेशनको ट्रान्सफर्मर चार्ज गरिएको थियो । हरिपूर्वा र ईश्वरपुर क्षेत्रमा बिजुलीको पोल गाड्ने क्रममा विवाद भएपछि सवस्टेशन निर्माण कार्य दुुई वर्षसम्म अवरुद्ध भयो । 

    दशैँअघि विवाद सल्टाएर ईश्वरपुर नगरपालिकाको महारानी बजार क्षेत्र र हरिपूर्वा नगरपालिकाको हरिपूर्वा बजार क्षेत्रमा पोल गाड्ने काम गरिएको थियो । मंसिर पहिलो साता सवस्टेशन भित्रको सबै काम सकेर चार्ज पनि भइसकेको छ । 

    प्राधिकरणको क्षेत्रीय निर्देशक परिवर्तन भएकाले पनि हरिपूर्वाको विद्युत् सवस्टेशन सञ्चालनमा ढिलाई भएको प्राधिकरणका कर्मचारीले बताएका छन् । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरका इलेक्ट्रिकल फोरम्यान मौजे पण्डितले सवस्टेशनबाट अब ‘लोड’ दिन मात्रै बाँकी रहेको बताए । केही दिनभित्र हरिपूर्वा सवस्टेशनमा लोड दिएर सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 

    उक्त सवस्टेशन संचालन नहुँदा हरिपुर्वा र आसपासका क्षेत्रमा विद्युत कटौती निकै हुने गरेको छ । टाढाबाट विद्युत ल्याउँदा धेरै समस्या झेलेका स्थानीय उक्त सवस्टेशन संचलनको प्रतिक्षामा छन् । 

    उक्त सवस्टेशन बनेपछि हरिपूर्वा, चन्द्रनगर, पर्सा, ईश्वरपुरलगायत जिल्लाको दक्षिण–पूर्वी भेगका जनतालाई सहज र भरपर्दो आपूर्ति हुन्छ । पूर्वपश्चिम राजमार्गको बाँकेमा ढल्केबरतर्फबाट ल्याइएको ३३ केभी लाइन जोडेर हरिपूर्वा नगरपालिका २ मा निर्माण भएको सवस्टेशनमा पु¥याइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij