Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको जहाज बुधबार बेइजिङ प्रस्थान गर्दै

कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको जहाज बुधबार बेइजिङ प्रस्थान गर्दै

  • श्रावण ६, २०७८ बुधवार १२:५२ बजे
  • 69
    SHARES
  • कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको जहाज बुधबार बेइजिङ प्रस्थान गर्दै

    काठमाडौं । कोभिडविरुद्ध ‘भेरोसेल’ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राती बेइजिङ प्रस्थान गर्ने भएको छ । निगमको जहाजले न्यूनतम १० लाख डोज भेरोसेल ल्याएर बिहीबार बिहान ६ बजे काठमाडौं अवतरण हुने तालिका छ । सो जहाज बिहीबार राती पुनः न्यूनतम १० लाख डोज खोप ल्याउन बेइजिङ जाने कार्यक्रम छ ।

    पर्सी बिहान खोप ल्याएर काठमाडौं आइपुग्ने निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । थप खोप ल्याउन निगमको जहाज आगामी शनिबार राती पुनः बेइजिङ जाने तयारीमा छ । तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याइने भएको छ । नेपालले चीनसँग नन डिस्क्लोजर सहमतिअनुसार ४० लाख डोज खोप खरिद गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अहिलेसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको छ । अनुदान, खरिद र कोभ्याक्स संयन्त्रमार्फत नेपालले खोप प्राप्त गरेको हो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology