Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अमेरिकाको व्यस्त शहरमा विमान दुर्घटना, यात्रुहरु जीवित पाउन मुस्किल

अमेरिकाको व्यस्त शहरमा विमान दुर्घटना, यात्रुहरु जीवित पाउन मुस्किल

  • 140
    SHARES
  • अमेरिकाको व्यस्त शहरमा विमान दुर्घटना, यात्रुहरु जीवित पाउन मुस्किल

    एजेन्सी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ ।

    जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ । विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए ।उनीहरुको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन् । उनीहरु मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए ।

    लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त एफएएले विज्ञप्तिमार्फत जनाएको छ । घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए । विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो । 
    गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो । (डेलीमेल)

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij