Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

इरानमा पानीको अभाव भएपछि छ दिनदेखि विरोध प्रदर्शन 

इरानमा पानीको अभाव भएपछि छ दिनदेखि विरोध प्रदर्शन 

  • 60
    SHARES
  • इरानमा पानीको अभाव भएपछि छ दिनदेखि विरोध प्रदर्शन 

    तेहरान । इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा लगातार छैंठौं रात पानीको अभाव भएपछि विरोधमा सयौं मानिसले प्रदर्शन गरेका छन् । विरोध प्रदर्शन खुजेस्तानबाहेक अन्य सहरमा पनि सुरु भएको छ ।

    खुजेस्तानको पूर्वमा रहेको इजेह सहरमा केही सामाजिक सञ्जालमा भएका पोस्टअनुसार १६ वर्षका एक युवकको प्रदर्शनका क्रममा भएको हिंसामा मृत्यु भएको छ । इरान सरकारनिकट सञ्चारमाध्याम फार्सले प्रदर्शनकारीले महसह्र सहरमा गोली चलाएर एक प्रहरीको हत्या गरेको र अर्का एक घाइते भएको बताएको छ ।

    प्रहरीले प्रदर्शन दबाउन अश्रुग्यास प्रहार गरेको छ । इरानी मिडियाका अनुसार राजधानी तेहरानमा पनि सरकारविरोधी नारा लगाएका छन् । 

    इरानमा पानीको संकटले कृषि र पशुपालन क्षेत्रलाई तहसनहस पारेको छ । इरान पछिल्लो एक दशकदेखि सुख्खा हुँदै आएको छ तर यस वर्ष स्थिति अझ बढी गम्भीर भएपछि मानिसहरु आन्दोलनमा उत्रिएका हुन् । यस महिनाको सुरुवातमा पनि बिजुलीको कमीका कारण प्रदर्शन भएको थियो । 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology