Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै नेपाल

स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै नेपाल

  • 87
    SHARES
  • स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्दै नेपाल

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बसेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र आगामी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए । 

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई संस्थापन एमालेले सोमबार नै स्पष्टीकरण सोधिसकेको छ । बैठकमा संस्थापनलाई जवाफ नपठाउने र कानुनी प्रतिवाद गर्नेबारे छलफल हुने बताइएको छ ।

    नेपालले आफूसहित २२ सांसदसँग मंगलबार पनि छलफल गरेका थिए । मंगलबारको छलफलमा संसदीय दल र केन्द्रीय कमिटी दुवै आफूहरुको बहुमत रहेकाले अध्यक्षबाट ओलीलाई हटाउन अधिकांश सदस्यले प्रस्ताव गरेको सांसद मेटमणि चौधरीले बताए । 

    यता एमाले संस्थापनको केन्द्रीय कमिटी बैठक बुधबार पनि बस्दै छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल औपचारिक रुपमा अलग भए पनि संस्थागत रुपमा एकै छन् । बुधबारको केन्द्रीय कमिटी बैठकमा नेपाल पक्ष उपस्थित नहुने निश्चित छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology