Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

अफगानिस्तानमा राष्ट्रपति कार्यालयनजिक भएको रकेट आक्रमणको अमेरिकाद्वारा निन्दा

अफगानिस्तानमा राष्ट्रपति कार्यालयनजिक भएको रकेट आक्रमणको अमेरिकाद्वारा निन्दा

  • 65
    SHARES
  • अफगानिस्तानमा राष्ट्रपति कार्यालयनजिक भएको रकेट आक्रमणको अमेरिकाद्वारा निन्दा

    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो । 

    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् ।

    'अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुर्नस्थापना गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि द्रुत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं' प्राइसले पत्रकार सम्मेलनमा भनेका छन्  ।

    मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् । 

    ईदको नमाजपछि समारोहमा बोल्दै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology