Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

  • 111
    SHARES
  • ५६ लाखभन्दा बढी मूल्यका सामान बरामद

    पर्सा । जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ ।

    आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो । प्रहरी नायब उपरीक्षक  किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताए ।

    ‘आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ’, उनले भने ।

  • सम्बन्धित विषय:

  • # बरामद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij