Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने 

सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने 

  • 90
    SHARES
  • सन् २०३२ को ओलम्पिक अष्ट्रेलियामा हुने 

    टोकियो । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) का अनुसार अष्ट्रेलियाले तेस्रोपटक ओलम्पिक आयोजना गर्ने निश्चित भएको छ । टोकियोमा सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सहर छनोटका लागि बुधबार भएको मतदानमा अष्ट्रेलियाको ब्रिसबेन सहरले बढी मत पाएको हो ।

    यस ओलम्पिकभन्दा अगाडि सन् २०२४ मा फ्रान्सको पेरिस र सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा खेलकुद मेला सम्पन्न हुनेछन् । सन् २०२० मा जापानमा हुने भनिएको ओलम्पिक कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछि सरेको छ । जापानको राजधानी टोकियोमा जुलाई २३ देखि ओलम्पिक सुरु हुँदैछ । 

    अष्ट्रेलियामा यसअघि सन् १९५६ मा मेलवर्न र २००० मा सिड्नीमा ‌दुई वटा ओलम्पिक भएको थियो ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology