Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बाघको छाला बोकेर हिँडेका दुई जना पक्राउ

बाघको छाला बोकेर हिँडेका दुई जना पक्राउ

  • श्रावण ६, २०७८ बुधवार १५:०४ बजे
  • 867
    SHARES
  • बाघको छाला बोकेर हिँडेका दुई जना पक्राउ

    देउखुरी । दाङमा बाघको छाला बोकी हिडेका दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    images

    जाजरकोट भेरी नगरपालिका-९ का ३२ वर्षीय रामबहादुर दमाइँ र रुकुम पश्चिम मुसिकोट नगरपालिका-१० का ५४ वर्षीय पूर्णसिंह सुनारलाई पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्द रिजालले बताए । 

    अभियुक्तद्वयले आज बिहान घोराही उपमहानगरपालिका-३ गोग्लीमा सिमेन्टको बोरामा सामान बोकी हिँडिरहेका बेला खटिएका प्रहरी टोलीले शङ्का लागि खानतलासी गर्दा  पाँच फिट दुई इन्च लामो बाघको छाला ४ इन्च लामो नङ्ग्रा र जुँगा बरामद गर्नाका साथै उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जनाइएको छ । 

  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # दाङ
  • # जाजरकोट

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology