Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

  • 760
    SHARES
  • सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

    मान्म । मंगलबार राति परेको अविरल वर्षाका कारण कालीकोटका खाँडाचक्र नगरपालिका-२ सेरीघाटमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

    images

    अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर प्रयोग गरिएको खाँडाचक्र नगरपालिका-२ का वडाध्यक्ष बिर्खबहादुर विकले बताए । 'अविरल वर्षाका कारण राजमार्ग माथिबाट पहिरो खसेको छ', उनले भने, 'सडक डिभिजन कार्यालयको पहलमा अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।'

    पहिरोका कारण यात्रुहरु अलपत्र पर्नाका साथै यातायातका साधन र मालवाहक सामान बोकेका ट्रकहरु बीच बाटोमै  रोकिएको यातायात व्यवसायी किशोर बिष्टले जानकारी दिए । अवरुद्ध राजमार्ग खुलाउन अहिले डोजर र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । 'पहिरो पन्छाउने काम भइरहेको छ ।' उनले भने, 'आज बेलुकासम्ममा राजमार्ग खुला हुन्छ ।'

    त्यस्तै,अविरल वर्षाका कारणले कर्णाली करिडोर अन्तर्गतको सान्नी त्रिवेणी गाउँपालिका-१ को रेगिलमा ठूलो पहिरो गएको छ । पहिरोका कारण कर्णाली करिडोर पनि अवरुद्ध रहेको सान्नी त्रिवेणी गाउँपालिका-१ का वडाध्यक्ष भरत विकले बताए । 'उक्त करिडोरमा पानी पर्नासाथ पहिरो जाने र राजमार्ग बन्द हुने गरेको छ', उनले भने ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology