Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

  • 453
    SHARES
  • लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

    काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् ।

    images

    जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा  ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएको थियो ।

    एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

    त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उनले बताए । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology