Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

बढी मूल्य लिने ५२ व्यावसायिक फर्ममाथि कारवाही

बढी मूल्य लिने ५२ व्यावसायिक फर्ममाथि कारवाही

  • 432
    SHARES
  • बढी मूल्य लिने ५२ व्यावसायिक फर्ममाथि कारवाही

    माेरङ । नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने र उपभोग्य मिति समाप्त भएर पनि विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । 
     
    वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७७/७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो ।

    images

    तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि,  कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए ।

    ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । कार्यालयले आर्थिक वर्ष २०७६/७७ मा २२ फर्ममाथि कारवाही गरी  रु नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

    यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा तीन हजार ३०६ फर्मको नवीकरण/संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।

    यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।    

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology