Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

मेक्सिकोका नागरिकले लागुऔषध माफियाविरुद्ध हतियार उठाए 

मेक्सिकोका नागरिकले लागुऔषध माफियाविरुद्ध हतियार उठाए 

  • 56
    SHARES
  • मेक्सिकोका नागरिकले लागुऔषध माफियाविरुद्ध हतियार उठाए 

    काठमाडौं । मेक्सिकोको सडकमा रक्तपातको दृश्य सामान्य भएको छ । लामो समयदेखि चलिरहेको लागुऔषध तस्करबीचको ग्यांग वारले त्यहाँ प्रत्येक वर्ष १० हजारभन्दा धेरै व्यक्तिको मृत्यु हुन्छ । तर यी घटनामा प्राय सर्वसाधारण नागरिक शिकार हुन्छन् । 

    हालै यस्ता घटना रोक्न र आफ्नो सुरक्षाका लागि नागरिकले हतियार उठाएका छन् । मंगलबार मेक्सिकोको चिपास प्रान्तकाे पान्तेल्होका ८६ समुदायका हजारौं मानिस जम्मा भएर लागुऔषध माफियाविरुद्ध हतियारसहित प्रदर्शन गरेका थिए । उनीहरू त्यस क्षेत्रलाई संगठित अपराधबाट बचाउन गठन गरिएकाे आत्मरक्षा बलकाे समर्थनमा उपस्थित भएका हुन् । त्यहाँ सयाैं व्यक्तिहरू मिलेर अर्धसैनिक बल गठन गरेका छन् । 

    धेरै मुद्दामा प्रहरीले कारवाही नगर्ने भएकाले आफूहरुले हतियार उठाउनु परेको उनीहरुको दाबी थियो । 

    मेक्सिकोबाट अमेरिकामा ७० प्रतिशत लागुऔषधको कारोबार हुन्छ । मेक्सिकोबाट भएको लागुऔषधको कारण अमेरिकामा हरेक वर्ष ७० हजार मानिसको ज्यान जाने गरेको छ ।

    मेक्सिकोमा लागुऔषधबाहेक हत्या, महिला हिंसाका घटना पनि अत्यधिक हुन्छन् । प्रत्येक दिन ९५ व्यक्तिको हत्या हुनेको गरेको छ तर थोरै हत्याका घटनामा मात्रै दोषीले सजाय पाउँछन् । तथ्यांकअनुसार सन् २०१९ मा ३५ हजार हत्या भएका थिए । पछिल्लो २० वर्षदेखि मेक्सिकोमा हत्याहिंसा बढेको हो । सन् २०१८ को तुलनामा २०१९ मा हत्याको १ हजार घटना बढेका छन् । 

    मेक्सिकोमा सन् २०१८ यता ४३ पत्रकारको हत्या  मेक्सिकोमा सन् २०१८ यता ४३ पत्रकारको हत्या  मेक्सिकोमा प्रहरीमाथि महिला प्रदर्शनकारीद्धारा आक्रमण, ६२ प्रहरी घाइते मेक्सिकोमा प्रहरीमाथि महिला प्रदर्शनकारीद्धारा आक्रमण, ६२ प्रहरी घाइते

     

  • सम्बन्धित विषय:

  • # मेक्सिको

  • सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology