Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपाल पक्षको बैठकमा रावल गएनन् 

नेपाल पक्षको बैठकमा रावल गएनन् 

  • 461
    SHARES
  • नेपाल पक्षको बैठकमा रावल गएनन् 

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक जारी छ । नयाँ वानेश्वरको एक होटलमा जारी बैठकमा नेपालपक्षीय नेता तथा पार्टी उपाध्यक्ष भीम रावल अनुपस्थित छन् ।

    images

    २ जेठ ०७८ मा एमाले विवाद समाधन गर्न गठित कार्यदलमा नेता रावल नेपाल पक्षबाट संयोजक थिए । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिनुअघि उनले सांसद पदबाट राजीनामा घोषणा गरेका थिए ।

    तर संसद सचिवालयमा उनको राजीनामा स्वीकृत भएको छैन । नेपालपक्षीय नेताहरुको बैठकमा ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ र भावी रणनीतिबारे छलफल भइरहेको सहभागी एक नेताले बताए ।

    नवौं महाधिवेशनबाटै नेपाल पक्षरमा रहेका रावल अब अध्यक्ष केपी शर्मा ओली पक्षमा जान्छन् या तटस्थ बस्छन् यसबारे रावलले प्रतिक्रिया जनाएका छैनन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिने (आफूसहित) एमालेका २२ जना सांसदसँग नेपालले मंगलबार (हिजो) पनि छलफल गरेका थिए । 

    उक्त छलफलमा संसदीय दल र केन्द्रीय कमिटीमा नै आफ्नो पक्षको बहुमत रहेकाले अध्यक्षबाट ओलीलाई हटाउन सदस्यहरुले प्रस्ताव गरेको सांसद मेटमणि चौधरीले बताए ।

  • सम्बन्धित विषय:

  • # भीम रावल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology