Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

कोरोनाका कारण विश्वका १५ लाख बालबालिकाले अभिभावक गुमाए

कोरोनाका कारण विश्वका १५ लाख बालबालिकाले अभिभावक गुमाए

  • 970
    SHARES
  • कोरोनाका कारण विश्वका १५ लाख बालबालिकाले अभिभावक गुमाए

    काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वका १५ लाख बालबालिकाले आफ्ना अभिभावक गुमाएका छन् । द लेन्सेट पत्रिकामा प्रकाशित एक अध्ययनअनुसार १० लाखभन्दा धेरै बालबालिकाले महामारीको पहिलो १४ महिनामा बुबाआमा गुमाएका थिए भने अन्य ५ लाखको सँगै बस्ने हजुरबा हजुरआमाको मृत्यु भएको हो ।

    images

    भारतमा मात्रै १ लाख १९ हजार बालबालिकाका बुबाआमाको कोरोनाका कारण मृत्यु भएको छ । बुबाआमा वा संरक्षक गुमाएका बालबालिकाको स्वास्थ्य, सुरक्षा, अल्पकालीन र दीर्घकालीन प्रभाव, शारीरिक शोषण, यौन हिंसा र किशोर गर्भावस्थाको जोखिम बढ्ने खतरा रहेको छ ।

    अमेरिकाको सरुवा रोग नियन्त्रण एवं रोकथाम केन्द्रको कोभिड रेस्पोन्स टिमका सुसन हिलिसका अनुसार विश्वका प्रत्येक दुई कोभिड मृत्युमा एउटा बच्चाले आमा वा बुबाको मृत्युको सामना गरेको छ । यो तथ्यांक सन् २०२१ को अप्रिल ३० सम्मको हो । २१ देशका राष्ट्रिय प्रजनन केन्द्रमार्फत् यो तथ्यांक निकालिएको हो ।

    अभिभावक गुमाउने बालबालिकाको संख्या सबैभन्दा धेरै दक्षिण अफ्रिका, पेरु, अमेरिका, भारत, ब्राजिल र मेक्सिकोमा रहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology