Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

  • 132
    SHARES
  • संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा

    मुगु । नेपालको पर्यटकीय गन्तब्यको रुपमा रहेको रारा (महेन्द्रं) तालको किनारमा रहेका ढुङ्गेधारा संरक्षणको प्रखाईमा छन् । 
    सयौं बर्ष पूरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्वीक महत्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहुँदा ओझेलमा परेको छ । 
    २०३२ साल अगाडि रारा क्षेत्रमा रहेका बस्ती मुर्मा, छाप्रु, रराले बस्तीका मानिसहरुले प्रयोग गर्ने ढुङ्गेधाराहरु पछिल्लो समयमा अलपत्र परेका हुन् । २०३२ सालमा रारा ताल वरिपरिको क्षेत्रलाई रारा राष्ट्रिय निकुञ्जको रुपमा घोषणा गर्दा २०३५ सालमा छाप्रु र रराले बस्तीका मानिसहरुलाई नेपालगंन्जको चिसापानीतिर बसाई सरेपछि ढुंङ्गेधारा र मठ मन्दिरहरु पनि ओझेलमा परेका हुन् । 
    ढुङ्गेधारामा पछिल्लो समयमा पानीको मुहान सुकेपछि २०७६ बैशाख पहिलो साता महायज्ञ संचालन गरेपछि धारा सन्चालनमा आएका थिए । धारामा पानी आउँदा रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पानी पिउन सहज भएको छाँयानाथ रारा नगरपालिका ९ मुर्मा गाँउका समाजसेवी बिर्ख बहादुर रोकायाले बताएका छन् ।
    रारा तालको किनारमा रहेको अन्य धार्मिक स्थान छाप्र्रु महादेव, रारा लागुडा महादेव, मुर्मा महादेवलगायत अन्य दर्जनौं धार्मिक मन्दिर ,गुफा र ढुंगामा लेखेका ऐतिहासिक लेखोटहरु पनि अलपत्र परेका छन् ।
    राराको नाममा प्रत्येक बर्ष सडक, पदमार्ग, भ्यूटावर बनाउनको लागि करोडौ बजेट आएपनि यस्ता ऐतिहासिक स्थलहरुको संरक्षण नभएको स्थानीयको डवल रोकायाको भनाइ छ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij