Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : शंखर पोखरेल

कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : शंखर पोखरेल

  • 101
    SHARES
  • कर नीतिको समस्याबारे उदारता अपनाउन तयार छौं : शंखर पोखरेल

    काठमाडौं । नेकपा (एमाले)का महासचिव शंखर पोखरेलले आवश्यक्ता अनुसारको कानुन निर्माणका लागि सुझवसहित अघि बढ्ने बताएका छन् ।

    ‘नेपालका लागि आइसीटीमा आधारित उद्यमशिलता : आर्थिक सृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो र कस्तो कानून आवश्यक हो त्यसबारे सबैलाई किटान गरिदिने हो भने सुधारका लागि प्रक्रिया अघि बढाउने बताएका हुन् ।

    पोखरेलले भने, ‘विद्यमान कानूनले परेको अफ्ठयारो, कानूनको अभावले उत्पन्न भएको अफ्ठयारो सबैलाई किटान गरेर दिनुभयो भने सुधारका लागि प्रक्रिया अघि बढाउछौ । भएको कानूनले विकासमा के समस्या पारेको छ र कस्तो प्रकारको नयाँ कानूनको आवश्यकता परेको छ त्यस विषयमा छलफल गरेर सुझाव दिने हो भने त्यसको आधारमा कानून सुधारको प्रक्रिया अगाडि बढाइने छ ।’

    यसको साथै, उनले करको नीतिले समस्या गरेको भन्ने कुरा धेरै उठेको भन्दै यसबारे सरकारको तर्फबाट गर्न सक्ने विषयमा छलफल गरेर सुझाव दिन आग्रह गरेको छ । पोखरेलले भने, ‘करको नीतिले धेरै समस्या गरेको छ भन्ने कुरा धेरै उठेको छ । यसमा सरकारको तर्फबाट प्रोत्साहन के हुनसक्छ भन्ने विषयमा छलफल गरेर कतिसम्म उदारता अपनाउन सकिन्छ र प्रोत्साहनको लागि के गर्न सकिन्छ दुईवटा विषयमा ध्यान दिनुपर्यो ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij