Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे विप्लव 

प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे विप्लव 

  • 855
    SHARES
  • प्रधानमन्त्री देउवा भेट्न बालुवाटार पुगे विप्लव 

    काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव र देउवाबीच भेटवार्ता जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    images

    भेटमा सरकारकातर्फबाट प्रधानमन्त्रीसहित गृहमन्त्री बालकृष्ण खाँण सहभागी छन् भने नेकपाबाट विप्लवसहित नेताहरू पार्टी प्रवक्त खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) र सचिवालय सदस्य धर्मेन्द्र बास्तोला छन् । भेटवार्तामा केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारसँग २१ फागुनमा भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ ।

    २८ असारमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि गठबन्धन सरकार बनेपछि विप्लवले शीर्ष नेताहरुसँगको भेटलाई तीव्रता दिएका छन् । 

    खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ? खुला राजनीतिमा आएपछि विप्लवको सक्रियता बढ्याे, वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology