Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

निषेधाज्ञा खुकुलो भएपछि अस्पतालमा विरामीको चाप बढ्योः बास्तोला 

निषेधाज्ञा खुकुलो भएपछि अस्पतालमा विरामीको चाप बढ्योः बास्तोला 

  • 130
    SHARES
  • निषेधाज्ञा खुकुलो भएपछि अस्पतालमा विरामीको चाप बढ्योः बास्तोला 

    काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काेराेना संक्रमित विरामीको चाप बढेको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलाे  बनाएपछि कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण भएका विरामीको संख्यामा वृद्धि भएकाे हाे । 

    अस्पतालका निर्देशक डा.अनुप बास्तोलाकाअनुसार छिमेकी राष्ट्र भारतमा संक्रमितको संख्यामा वृद्धि भएसँगै नेपालमा पनि संक्रमणको तेस्रो लहर आउन समय लाग्दैन । त्यसैले जुनसुकै स्थानमा जाँदा पनि जनस्वास्थ्यका मापदण्ड कडाईकासाथ पालना गर्नुपर्छ । 

    पछिल्लो समय देशमा खोप अभियान सञ्चालन गरिएको छ । मानिसहरुले भिडभाड गरेर खोप लगाएको देखिन्छ । पछिल्लो केही दिनयता खोप लगाउन जाँदा संक्रमण भएपछि अस्पताल आउनेको संख्या बढेको डा.बास्तोलाले जनाएका छन् । त्यसैले निर्देशक डा.बास्तोलाले खोप लगाएपछि संक्रमण हुँदैन भन्ने भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् । 

    उनले संक्रमणको जोखिमबाट बच्ने उत्तम उपाय नै जनस्वास्थ्यका मापदण्ड अनुशासित भएर पालना गर्नु रहेको जनाएका छन् । टेकु अस्पतालमा पछिल्लो केही हप्तायता प्रत्येक दिन १५ देखि २० जना संक्रमितहरू लक्षण लिएर आकस्मिकमा आइरहेका छन् ।

    तीमध्ये ७ देखि १० जनाको हाराहारीमा बिरामीलाई भर्ना गर्नु परेको डा.बास्तोलाले बताए । डा.बास्तोलाकाअनुसार अस्पतालमा २४ आइसियू बेड छन् । त्यसमा अहिले २१ जना गम्भीर संक्रमितको उपचार भइरहेको छ । कोभिड एचडियूमा ४० शैया छन् । जसमा ३५ जना बिरामीले उपचार गराइरहेका छन् ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology