Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह 

प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह 

  • 1.0K
    SHARES
  • प्रधानमन्त्री देउवा र विप्लव समूहबीच भेटवार्ता, ३ बुँदे सहमति कार्यान्वयन गर्न आग्रह 

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर विप्लवले ओली नेतृत्वको सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

    images

    भेटमा सरकारकातर्फबाट प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्‍ण खाँण सहभागी थिए । नेकपाबाट महासचिव विप्लवसहित नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बाँस्तोला पुगेका थिए । गत २१ फागुनमा विप्लव र सरकारबीच तीनबुँदे सहमति भएको थियो । जसमा देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने सहमति भएको थियो ।

    यस्तै विप्लव नेतृत्वको नेकपा आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न तयार भएको थियो । तेस्रो बुँदामा नेपाल सरकार विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध हटाउन र कार्यकर्तामा रिहाइ र सबै मुद्दा खारेज गर्न उल्लेख थियो । अझै पनि कार्यकर्ताहरू रिहाइ नभएकाले त्यसको पालनाका लागि उनले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology