Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बाटोले दिएकाे सास्ती : वर्षामा बन्द, जाडोमा पानीमा डुबेर आउजाउ

बाटोले दिएकाे सास्ती : वर्षामा बन्द, जाडोमा पानीमा डुबेर आउजाउ

  • 368
    SHARES
  • बाटोले दिएकाे सास्ती  : वर्षामा बन्द, जाडोमा पानीमा डुबेर आउजाउ

    सर्लाही । सर्लाहीको दक्षिणपूर्वी भेगका बासिन्दाले सदरमुकाम मलंगवा जानका लागि हुलाकी राजमार्गपछि सबैभन्दा धेरै प्रयाेग गर्ने बाटाेमा पर्ने सफा खोलामा पुल नहुँदा निकै सास्ती बेहोर्दै आएका छन् । हिउँदमा पनि भिज्दै खोला तर्नुपर्ने अवस्था छ । वर्षामा त बाढीले बाटो नै अवरुद्ध हुनेगर्छ ।

    सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपुर्वा नगरपालिकाको सीमामा पर्ने उक्त नदिमा वर्षेनी बन्ने अस्थायी कल्भर्ट वर्षामा बग्ने गर्छ । त्यसपछि स्थानीयको दुःख सुरु हुन्छ । एकातिर वर्षेनी अस्थायी कल्भर्टमा पैसा खर्च भइरहेको छ भने अर्कातिर स्थानीयले त्यसको कुनै फाइदा पनि लिन पाएका छैनन् । बरु पुल बनाउँदा एक पटकमात्र खर्च हुने र दिगो विकास पनि हुने स्थानीयको भनाइ छ । 

    ब्रह्मपुरी गाउँपालिका–६, पिपराका रामकैलाश रायले पुल नहुँदा वर्षायाममा सफा खोलाको बाटो हप्तौंसम्म बन्द हुने गरेको बताए । ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा साढे ६ लाख खर्च गरेर बनाएको कल्भर्ट असोजमा आएको बाढीले बगाएको थियो । 

    उक्त कल्भर्ट बगेपछि हरिपुर्वा नगरपालिका लगायत पूर्वी दक्षिणी भेगका बासिन्दालाई सदरमुकाम जान तथा ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिकाका बासिन्दालाई हरिपुर्वातर्फ जान कठिनाइ भएको छ । 

    चन्द्रनगर गाउँपालिका–३ का किसान लालबाबु महतोले सफा खोलामा पुल नहुँदा बाढीका बेला बाटो बन्द हुने र जाडोका बेला पानीमा डुुबेर खोला तर्नु परेको दुखेसो पोखे । 

    ब्रह्मपुरी गाउँपालिका–६ का वडाध्यक्ष हिरेन्द्र कुमार यादवले बारम्बार कल्भर्ट बगेपछि पक्की पुल निर्माणका लागि संघ र प्रदेश सरकारसँग आग्रह गरिएको बताए । पक्की पुल निर्माणका लागि पालिकाले डिपिआर तयार पारिसकेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij