Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

३ लाखसहित काठमाडौंकाे भोटेबहालबाट १२ जना जुवाडे पक्राउ 

३ लाखसहित काठमाडौंकाे भोटेबहालबाट १२ जना जुवाडे पक्राउ 

  • 60
    SHARES
  • ३ लाखसहित काठमाडौंकाे भोटेबहालबाट १२ जना जुवाडे पक्राउ 

    काठमाडौं । भोटेबहालस्थित एक घरबाट १२ जुवाडे पक्राउ परेका छन् ।

    बुधबार दिउँसो दिनेशकुमार शेरचनको घरमा जुवा खेलिरहेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नगदसहित पक्राउ गरेको हो ।

    जुवा अखडाबाट २ लाख ९१ हजार रूपैयाँ, तीन लाख ७० हजार रूपैयाँ बराबरको पाँच थान चेक, तास बुक लगायत बरामद भएको वृत्तले जनाएको छ ।

    पक्राउ पर्नेमा ५० वर्षीय शेरचनसहित हरिशरण थापा, राहुल गुप्ता, सुमन अधिकारी, क्षेत्रबहादुर मोक्तान, प्रकाश श्रेष्ठ, रञ्जना प्रधान, सिर्जना खत्री, सरिता मल्ल, लक्ष्मी बानियाँ, चिना नेम्वाङ र भारत गुजरातकी पुष्पा अली छिन् ।

    उनीहरूलाई हिरासतमा राखेर जुवा ऐनअन्तर्गत कारबाही थालिएको वृत्तले जनाएको छ ।

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology