Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

संविधानको धारा ७६ (५) सच्याउनुपर्ने एमालेको निष्कर्ष 

संविधानको धारा ७६ (५) सच्याउनुपर्ने एमालेको निष्कर्ष 

  • 572
    SHARES
  • संविधानको धारा ७६ (५) सच्याउनुपर्ने एमालेको निष्कर्ष 

    काठमाडौं । नेकपा एमालेले संविधानको धारा ७६ (५) लाई सच्याउन संविधान संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

    images

    केन्द्रीय कमिटी बैठकको तेस्रो दिन भएका छलफलहरुबारे जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले निर्दलीयताको अभ्यास गरेको भन्दै आवश्यकता परे संविधान संशोधन गर्ने  बताए । उनले बुधबारको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, 'धारा ७६ (५) लाई संविधान संशोधनमार्फत सच्याउँछौँ ।’

    उनले सर्वोच्च अदालतको फैसलाले शक्ति पृथकीकरण र नियन्त्रणलाई खल्बल्याएको उल्लेख गर्दै संसदीय व्यवस्थाको आधारभूत संरचनालाई खल्बल्याउँदै दलीय प्रणालीमा आँच पुर्याएको केन्द्रीय कमिटी बैठकको निष्कर्ष रहेको बताए ।

    ‘अदालतले अतिरिक्त न्यायिक सक्रियता देखाएर निर्वाचन प्रणालीलाई अलोकताान्त्रिक ठहर गरेको छ । लोकताान्त्रिक प्रणालीलाई गलत दिशामा लग्नुका साथै जनचाहनाविपरीत निर्णय गरेकाले फैसलामा हाम्रो विमति छ,’ उनले भने । 

    बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकतामाथि अन्तिम समयमा प्रयास जारी राखेको बताएका थिए । ‘आन्दोलनलाई घात गर्ने ध्येयलाई सफल हुन दिँदैनौँ । एकताको लागि प्रयास जारी राख्छौँ,’  बैठकमा ओलीलाई उद्धृत गर्दै ज्ञवालीले भने ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology