वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा राजाहरुबाट भएको योगदानलाई अब मूल्यन गर्ने प्रवृत्तिले राष्ट्र विकास र प्रजातन्त्र सुदृढ हुनन सक्ने बताएका छन् ।
बुधबार राप्रपा नेपाल राजनीतिकविभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले षड्यन्त्र पूर्वक नै भएपनि राज संस्थालाई पाखा लगाएको भन्दै राजसंस्थाबाट भएको कामलाई अब मूल्यन गर्न नहुने बताए।
अध्यक्ष थापाले भने, ‘अहिलेका नेताहरुले के बुझ्नु पर्छ भने कि हिजोको इतिहास मेटाउन खोज्दाभोलीको दिनमा नयाँ पीडिले अहिलेका नेताहरुको इतिहासलाई पनि मेटाई दिनेछन् । राज संस्था रहोस, नरहोस अहिले प्राविधिक रुपमा षड्यन्त्रपूर्वक नै भएपनि राजसंस्था पाखाल गाइएको अवस्था छ । तर विगतमा राजाहरुबाट भएको योगदानलाई अब मूल्यन गर्ने प्रवृत्तिले कहिले पनि राष्ट्रलाई फाइदा पुर्याउन सक्दैँन् । विकास र प्रजातन्त्र सुदृढ हुन सक्दैँन् ।’
साथै, उनले २०६२, ६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने कामभएको भन्दै त्यसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडी पनि देश संकटै संकटको चक्रवियुमा फसेको बताए । अध्यक्ष थापाले भने, ‘नेपालको स्वतन्त्र पहिचानको निर्माण र नेपालको आधुनिकिकरण, सामाजिक आर्थिक रुपान्तरणको जग हाल्ने काम राजा र जनताको साझा प्रयासबाट नै भएको हो । यो कुरालाई आजको पीडिले नजर अन्दाज गर्नु हुदैँन् । २०६२, ६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने कामभयो, जसको परिणाम स्वरुपराजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडी पनि देश संकटै संकटको चक्रवियुमा फसेको छ ।’
सरकारले देशमा राम्रो शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारण लाखौंको संख्यामा युवाहरु विदेश पलायन हुनु अहिलेको सबै भन्दा ठूलो संकट भएको पनि उनको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij