Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

सरुवा रोग नियन्त्रणका लागि जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

सरुवा रोग नियन्त्रणका लागि जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

  • 522
    SHARES
  • सरुवा रोग नियन्त्रणका लागि जमुनहा नाकामा स्थायी हेल्थ डेस्क सञ्चालन

    नेपालगञ्ज । नेपालगञ्जको जमूनाह नाकामा स्थायी हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ । नगरप्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापामगर र बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले हेल्थ डेस्कको नवनिर्मित भवनको आज उद्घाटन गरे । 

    images

    कोरोना, डेङ्गु, मलेरियालगायत सङ्क्रामक रोगको नियन्त्रणका लागि नाकामा हेल्थ डेस्क स्थापना गरिएको नगर प्रमुख डा.राणाले बताए ।  देशभरका १३ वटा नाकामध्ये स्थायी प्रकृतिको हेल्थ डेस्क सञ्चालन भएको नेपालगञ्जमा पहिलो पटक हो । 

    नयाँ भवनबाट सेवा दिने हेल्थ डेस्कमा चिकित्सक, ल्याब टेक्निसियनसहितका स्वास्थ्यकर्मी खटिने भएका छन् । भारतबाट फर्किनेको स्वास्थ्य परीक्षण (स्क्यानिङ) र आवश्यकताअनुसार अन्य स्वास्थ्य जाँच गरिनेछ । रु ५१ लाख ३१ हजारको लागतमा निर्माण गरिएको हेल्थ डेस्कको केही भाग इलाका प्रहरी कार्यालय जमूनाहलेसमेत प्रयोग गर्ने जनाइएको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology