Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी मनाइयो स्मृति दिवस

पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी मनाइयो स्मृति दिवस

  • 52
    SHARES
  • पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरी मनाइयो स्मृति दिवस

    पाेखरा । ३९ बिपी स्मृति दिवसका अवसरमा आज पोखराको चिप्लेढुङ्गास्थित बिपीको शालिकमा माल्यार्पण र दीप प्रज्वलन गरिएको छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री कुमार खड्का, नेता शुक्रराज शर्मा, गण्डकी प्रदेशसभा सदस्य बिन्दु थापा, नेता सोभियतबहादुर अधिकारी लगायतले शालिकमा माल्यार्पण गरे । 

    कार्यक्रममा मुख्यमन्त्री पोखरेलले बिपीको विचार र सिद्धान्तलाई सबैले आत्मसात् गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले बिपी विचारले सदैव विजय हासिल गरेको उल्लेख गरे । 

    कार्यक्रममा जिल्ला सदस्य एवं पूर्वसचिव रामराज लामिछाने, प्रवक्ता नवीन सिग्देल लगायतले बिपीले देखाएको बाटो अहिले पनि उत्तिकै अनुकरणीय भएको बताए ।   

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology