Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बाबुरामबारे रामचन्द्रको टिप्पणी-उरन्ठ्याउलो बुद्धिले समाजलाई कहिँ पुर्‍याउँदैन 

बाबुरामबारे रामचन्द्रको टिप्पणी-उरन्ठ्याउलो बुद्धिले समाजलाई कहिँ पुर्‍याउँदैन 

  • 645
    SHARES
  • बाबुरामबारे रामचन्द्रको टिप्पणी-उरन्ठ्याउलो बुद्धिले समाजलाई कहिँ पुर्‍याउँदैन 

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डा.बाबुराम भट्टराईप्रति टिप्पणी गर्दै उनको बुद्धि उरन्ठ्याउलो भएको बताएका छन् । डा.भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ नपुर्‍याउने बताएका हुन् ।

    images

    जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले गोरखनाथ मठका योगी एवं भारतकाे उत्तर प्रदेश राज्यका मुख्यमन्त्री आदित्यनाथ याेगीले गंगामा दूध चढाउँदै गरेको फोटो सेयर गर्दै 'विश्वास खतरनाक कुरा हो, यसले तपाईंलाई दूध फालेर पिशाब पिउँन भन्छ' भन्दै बुधबार ट्विट गरेका थिए ।

    डा.भट्टराईको यो ट्विटमाथि प्रतिक्रिया दिँदै कांग्रेस वरिष्ठ नेता पौडेलले लेखेका छन्, 'हजारौं वर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउँदै आएका छौं, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्‍याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउँदैन ।'

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology