Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

अन्ततः गले ओली, नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार  !

अन्ततः गले ओली, नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार  !

  • श्रावण ७, २०७८ बिहिवार ०७:१० बजे
  • 81
    SHARES
  • अन्ततः गले ओली, नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार  !

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएका छन्।

    बुधबारको केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको बताएका हुन्। ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ । अन्तिमसम्म पनि एकताको प्रयास जारी छ । १० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्,’ बैठकमा ओलीले भनेका थिए, ‘माधव नेपालले मिल्ने हो, पार्टी एकता बचाउने हो र उनी आउँछन् भने म दोस्रो अध्यक्ष दिन तयार छु।’
     
    तर नेपाल पक्षले एकतामा इच्छा नदेखाएको उनको भनाइ थियो। ‘अनेक बाहना खोजिएको छ । केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनूस् कमरेडहरु, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्,’ उनले भनेका थिए। 

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology