Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एमाले बैठक आजपनि, यस्ता छन् एजेन्डा 

एमाले बैठक आजपनि, यस्ता छन् एजेन्डा 

  • श्रावण ७, २०७८ बिहिवार ०७:१५ बजे
  • 510
    SHARES
  • एमाले बैठक आजपनि, यस्ता छन् एजेन्डा 

    काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।  सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले बताए। उनले बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने बताएका छन्।

    images

    यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो। बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो। 

    सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष एमालेको छ। बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पारित छ। 

    केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ। 

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology