Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

प्रि–सिजनको पहिलो खेलमा बार्सिलोनाको शानदार जित, मानाजको ह्याट्रिक 

प्रि–सिजनको पहिलो खेलमा बार्सिलोनाको शानदार जित, मानाजको ह्याट्रिक 

  • श्रावण ७, २०७८ बिहिवार ०७:४३ बजे
  • 585
    SHARES
  • प्रि–सिजनको पहिलो खेलमा बार्सिलोनाको शानदार जित, मानाजको ह्याट्रिक 

    एजेन्सी – प्रि–सिजनको पहिलो खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ। सब्सिच्युट फरवार्ड रे मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले सानदार जित दर्ता गरेको हो  ।

    images


    बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित निकालेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

    ३८औं मिनेटमा एलेक्स क्विन्टानिला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । ६०औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

    ८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि रे मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो । मानाज ४६औं मिनेटमा जोर्डी स्कोवारको स्थानमा मैदान प्रवेश गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # बार्सिलोना

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology