Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चीनबाट १६ लाख डोज खोप आज आइपुग्दै 

चीनबाट १६ लाख डोज खोप आज आइपुग्दै 

  • श्रावण ७, २०७८ बिहिवार ०८:०९ बजे
  • 450
    SHARES
  • चीनबाट १६  लाख  डोज खोप आज आइपुग्दै 

    काठमाडौं– चीनसँग खरिद गरिएको ‘भेरोसेल’खोपको १६ लाख डोज आज नेपाल आइपुग्ने भएको छ। खोप लिएर नेपाल वायु सेवा निगमको जहाज  दिउँसो २ बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।  

    images

    सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो। भेरोसेल लिएर आएको जहाज फेरि खोप लिन आजै बेइजिङ उड्ने छ। 

    सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप ३२ लाख डोज र चीनले अनुदानमा दिन लागेको १६ लाख डोज खोप ल्याइने मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए।  सरकारले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये ८ लाख डोज खोप ल्याइसकिएको छ।

  • सम्बन्धित विषय:

  • # खोप अभियान
  • # खोप

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology