Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

धेरै बिरामीलाई सेवा दिनेगरि वीरले दुई सिफ्ट अपरेशन थाल्ने, प्रयोगशालाको क्षमता बढाइयो

धेरै बिरामीलाई सेवा दिनेगरि वीरले दुई सिफ्ट अपरेशन थाल्ने, प्रयोगशालाको क्षमता बढाइयो

  • 209
    SHARES
  • धेरै बिरामीलाई सेवा दिनेगरि वीरले दुई सिफ्ट अपरेशन थाल्ने, प्रयोगशालाको क्षमता बढाइयो

    काठमाडौं । वीर अस्पतालले दैनिक एक सिफ्टमा मात्र भइरहेको अपरेशनलाई दुई सिफ्टमा गर्ने भएको छ । एक साताअघि अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी पाएका डा. समाज गौतमले एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

    ‘अहिले एक सिफ्टमा भैरहेको छ,’ उनले भने, ‘एक साताभित्र दुई सिफ्ट अपरेशन गर्ने गरी व्यवस्था मिलाएका छौ ।’ निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरणहरू पनि थपिएको उल्लेख गरे । ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएको उनले बताए । 

    डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पुर्‍याइएको बताए । ‘अहिले दैनिक भएको भन्दा बढी एमआरआई सेवा उपलब्ध भएको छ,’ उनले भने, ‘अब पहिलाभन्दा महिनामा दुई सय जनाले बढी सेवा लिन पाउनेछन् ।’

    वीर अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा नभएको भनेर खेप्ने गरेको छ । सरसफाइ नभएको भनेर बिरामी र कुरुवाको गुनासो आउने गरेकोले त्यसको व्यवस्थापनका लागि काम भैरहेको गौतमले जानकारी दिए । ‘कसरी अझ बढी सफा गर्न सकिन्छ भनेर टोलीलाई अनुगमन तथा सुधारका लागि खटाएका छौँ,’ उनले भने, ‘यसको नतिजा पनि चाँडै देखिनेछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij