Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन : गृहमन्त्री लेखक

निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन : गृहमन्त्री लेखक

  • 177
    SHARES
  • निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरुको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताएका छन् ।

    शुक्रवार प्याप्सनको आठौं राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उनले निजी विद्यालयहरुलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताएका हुन् ।

    गृहमन्त्री लेखकले भने,‘सरकार आफ्नो धारणा नीतिगत रुपमा स्पष्ट पारेको छ । हरेक कुरा पारदर्शी गराएको छ । मैले पटक पटक भनेको छु, निजी या आवसीय विद्यालयहरुको स्थापनाले सार्वजनिक अथवा सामाजिक विद्यालयको गुणस्तर घटाएको होइन । निजी या आवसीय विद्यालयलाई समाप्त गरिदियो भने सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्ने होइन । सरकारले सामूदायिक विद्यालय सञ्चालन गर्ने, निशुल्क शिक्षाको व्यवस्था गर्ने, राम्रो शिक्षाको व्यवस्था गर्ने काम राज्यले गर्नुपर्छ । तर निजी र आवसीय विद्यालयहरुलाई मारेर त्यो राम्रो हुन्छ भन्ने सिद्धान्त छ । त्यो विल्कुल बेठिक छ ।’

    उनले निजी र आवसीय विद्यालयहरुको देशको अर्थतन्त्रमा महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दै शिक्षको क्षेत्रमा पनि महत्वपूर्ण भुमिका रहेको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij