Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

चीनमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो 

चीनमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो 

  • 971
    SHARES
  • चीनमा बाढीमा परेर ज्यान गुमाउनेको संख्या २५ पुग्यो 

    काठमाडौं । चीनको सरकारी मिडियाका अनुसार केन्द्रीय प्रान्त हेनानमा पछिल्लो केही दिनदेखि भइरहेको भारी वर्षाका कारण अहिलेसम्म कम्तिमा २५ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

    images

    अहिलेसम्म एक लाख ६० हजारभन्दा धेरै व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षाका कारण मध्य चीनमा १२ लाख मानिस प्रभावित भएका छन् ।

    सबैभन्दा धेरै प्रभावित हेनानको राजधानी जेङ्ग्जाउमा बुधबार साँझबाट पानी पर्न रोकिएपछि केही राहत भएको छ । त्यस क्षेत्रमा पानीले रेल स्टेशन र सडकहरु डुबाएको छ भने केही भागमा बिजुली अवरुद्ध भएको छ । बाढीका कारण रेल, बस तथा हवाई उडानहरु पनि रोकिएका छन् । 

    चीनमा बाढीले १२ को मृत्यु, हजारौं विस्थापित  चीनमा बाढीले १२ को मृत्यु, हजारौं विस्थापित 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology