Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

गैँडाको आक्रमणबाट एक घाइते

गैँडाको आक्रमणबाट एक घाइते

  • 151
    SHARES
  • गैँडाको आक्रमणबाट एक घाइते

    हेटाैंडा । मकवानपुरको मनहरी गाउँपालिका-६ खयरघारी मरुङगेमा गै‌डाको आक्रमणबाट एकजना घाइते भएका छन् । आज दिउँसो घाँस काट्ने क्रममा सोही स्थानका ३५ वर्षीय रामदिनेश कुशवाह गैँडाको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ ।

    स्थानीय मरुङगे तालस्थित ब्रह्मदेवी लामिदमार मध्यवर्ती सामुदायिक (खण्ड ग) वनमा घाँस काट्ने क्रममा आक्रमणबाट कुशवाह घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई भरतपुर सरकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # घाइते

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij