Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

भारतमा पुनः कोरोना संक्रमण बढ्यो 

भारतमा पुनः कोरोना संक्रमण बढ्यो 

  • 468
    SHARES
  • भारतमा पुनः कोरोना संक्रमण बढ्यो 

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ३ सय ८३ जना कोरोना भाइरसबाट संक्रमित नयाँ थपिएका छन् । 

    images

    अघिल्ला केही दिनको तुलनामा यो संख्या धेरै भएकाले भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्यामा फेरि वृद्धि भएको हो । 

    सोही अवधिमा संक्रमणमुक्त भएकाहरुको संख्या पनि थपिएका संक्रमितहरुको संख्याभन्दा धेरै रहेकाले समेत सक्रिय संक्रमितको संख्यासमेत बढ्दै गइरहेको छ । पछिल्लो एक दिनमा भारतमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या ३८ हजार ६ सय ५२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले संक्रमणमुक्त भएकाहरुको कुल संख्या तीन करोड चार लाख २९ हजार ३ सय ३९ पुगेको छ । 

    भारतमा अहिले पनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या चार लाख नौ हजार ३ सय ९४ रहेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या कुल संक्रमितहरुको संख्या १.३१ प्रतिशत मात्रै हो । कोरोना भाइरसका कारण भारतमा अहिलेसम्म मृत्यु भएकाहरुको संख्या चार लाख १८ हजार ९८७ रहेको छ । ती मध्ये ५ सय ७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ४५ करोड नौ लाख ११ हजार ७ सय १२ स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख १८ हजार ४ सय ३९ जनाको कोरोना परीक्षण पछिल्लो एक दिनमा गरिएको हो ।

    भारतमा फेरी बढ्यो कोरोना संक्रमण, मृतकको संख्या ३९ दिन यताकै सबैभन्दा बढी भारतमा फेरी बढ्यो कोरोना संक्रमण, मृतकको संख्या ३९ दिन यताकै सबैभन्दा बढी १२५ दिनपछि भारतलाई कोरोनाबाट राहत १२५ दिनपछि भारतलाई कोरोनाबाट राहत

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology