Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  : महानिर्देशक भट्टराई

आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  : महानिर्देशक भट्टराई

  • 155
    SHARES
  • आधुनिक भन्सार प्रशासनको लागि दक्ष जनशक्तिको आवश्यक  : महानिर्देशक भट्टराई

    काठमाडौं । अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको छ । शुक्रबार प्रतिनिधिसभा अन्तरगत अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दफावार छलफल भएको हो ।

    छलफलमा भाग लिँदै भन्सार विभागका महानिर्देशक महेश भट्टराईले दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्ने भन्दै यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यक रहेको बताए । भन्सार प्रशासनलाई आधुनिक बनाउन निरन्तर लागि परेको पनि उनले भनाइ राखे ।

    भट्टराईले भने,‘ अबको आधुनिक भन्सार प्रशासन भनेको दक्ष जनशक्ति, आधुनिक प्रविधि र इन्टेलिजेन्स यी तीन तत्वहरुबाट मात्रै आधुनिक भन्सार प्रशासन चल्न सक्छ यसको लागि जनशक्तिको क्षमता विकास गर्नुपर्ने छ । आधुनिक प्रविधिको स्थापना र प्रयोग गर्नुपर्ने छ । यसको लागि हामी निरन्तर लागेको छौं ।’

    त्यस्तै उनले नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई नै मान्यता दिएको पनि जानकारी गराए । भट्टराईले भने,‘आयात हुने वस्तुको गुणस्तर परीक्षण गर्नको लागि भन्सार विभागमा एउटा ल्याब छ । प्रमुख भन्सार नाकाहरुमा पनि सानो ल्याब छ । नेपालको प्रयोजनको लागि सरकारका ल्याबहरुलाई हामीले मान्यता दिएका छौं । यी ल्याबले प्रमाणित गरेको चीजहरुलाई हामी आयात गर्न अनुमति दिन्छौ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij