Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद तोसिमा कार्कीको आपत्ति

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद तोसिमा कार्कीको आपत्ति

  • 217
    SHARES
  • स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद तोसिमा कार्कीको आपत्ति

    काठमाडौं । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको  बैठकमा बोल्दै उनले बढुवा गर्दा सरकारले वरीयता मिचेको भन्दै आपत्ति जनाएकी हुन् ।

    कार्कीले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको  छ । सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा।संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ?प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ ।’ 

    स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा संगिता कौशल मिश्रा, डा टंकप्रसाद बाराकोटी र डा विकास देवकोटाको नाम सिफारिस भएको थियो । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो नम्बरमा रहेका डा विकासलाई सचिव बढुवा गरेको थियो । महिला पनि भएको र जेष्ठतामा अघि रहेकी संगितालाई सचिव नबनाएर स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफू निकट विकासलाई सचिव बढुवा गरेको भन्दै तोसिमाले प्रश्न उठाएकी हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij