Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीमा सुरु

जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीमा सुरु

  • 158
    SHARES
  • जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीमा सुरु

    जनकपुर । जनमत पार्टीको केन्द्रीय समिति बैठक महोत्तरीको बर्दिबासमा आजबाट सुरु भएको छ । दुई दिनसम्म चल्ने उक्त बैठकमा पाँच एजेन्डामा छलफल हुने जनाइएको छ ।

    बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा। शरदसिंह यादवले जानकारी दिए । यादवका अनुसार संगठनको सवलीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत, संघीयता कार्यान्वयन, समान विचारधारा भएका पहिचानवादीहरूसँग एकीकरण लगायतका एजेन्डा छन् ।

    बैठकमा प्रदेश सरकारको प्रभावकारीका सन्दर्भमा पनि छलफल हुने यादवले जानकारी गराए । बैठकमा उपस्थित हुन अध्यक्ष डा सिके राउत शनिबारनै जनकपुरधाम आएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij